४० वर्ष पहिलेदेखि अमेरिकामा छ कोभिड, के हो यो ४ दशक पुरानो कोभिड ?

डिसी नेपाल
१० जेठ २०७८ १२:०३

काठमाडौं। हामीमध्ये अधिकांशले गत वर्ष मात्रै कोभिडको नाम सुनेका हौं । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषित गर्दै कोभिड–१९ नाम दिएको थियो । तर, के तपाइँलाई थाहा छ अमेरिकाको एरिजोनामा विगत ४ दशकदेखि कोभिड छ । यो एक कम्पनी हो जसले विगत ४ दशकदेखि काम गरिरहेको छ । एरिजोनाको टेम्पेस्थित कोभिड.इंक नामको यो कम्पनीले अडियो भिजुअल वाल प्लेट र केवल तयार गरेर विश्वभर बिक्री गर्छ ।

४० वर्षभन्दा पहिले स्थापित यो कम्पनी अघिल्लो वर्षदेखि चर्चामा आएको हो । चर्चामा आउनुको कारण कोरोनाभाइरस महामारी नै थियो । कम्पनीका सीइओ नर्म कासनका अनुसार उनले फेब्रुअरी २०२० मा मात्रै उनको कम्पनी र विश्वव्यापी महामारीको नाम एउटै भएको थाहा पाएका थिए । त्यतिबेला उनी एम्सटर्डममा एक अडियो भिजुअल शोमा सहभागी हुन गएका थिए । उनले भने ‘त्यस दिन हामीले कम्पनीको बुथनजिक उभिएर फोटो खिचायौं । हामीलाई त्यो दिन पनि अरु दिनजस्तै सामान्य होला भन्ने लागेको थियो तर त्यस दिन हामीले थाहा पायौं कि कोभिड–१९ महामारी घोषित भयो ।

कार्सनका अनुसार उनको कम्पनीका संस्थापक पहिले कम्पनीको नाम भिडियो कम्पनी वा भिडियो फर सर्ट राख्न चाहन्थे तर त्यतिबेला त्यस्तो नाम भएका अरु कम्पनी थिए । यही क्रममा एक सहकर्मीले कम्पनीको नाम कोभिड राख्न सुझाव दिए । यो नाम सबैको दिमागमा बस्यो र अन्ततः कम्पनीको यही नाम राखियो । उनले भने ‘भाग्य राम्रो छ कि हाम्रो कम्पनी वितरकको माध्यमबाट आफ्ना डिलरसँग सम्पर्कमा रहन्छ । त्यसैले धेरै मानिसहरुलाई कोभिड नामको कम्पनी पनि भएको थाहा छैन ।’

पछिल्लो वर्षदेखि यो स्थिति निकै बदलिएको छ । विश्वमा सबैभन्दा धेरै चर्चामा रहेको शब्दले कम्पनीलाई पनि चर्चित बनाइदिएको छ । कैयौं पटक हास्यास्पद घटना पनि भए । एक पटक त मानिसहरु कम्पनीको बोर्ड देखेर त्यहाँ कोभिढ–१९ परीक्षण भइरहेको हो कि भनेर सोध्न आएका थिए । केहीले कम्पनीको ट्यागलाइन बदल्न सुझाव पनि दिए । कम्पनीलाई ट्यागलाइनको विषयमा कैयौं सुझाव पनि आए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *