कोभिड नियन्त्रण र व्यवस्थापनमा खटिएकालाई भत्ताका लागि विवरण दिन मन्त्रालयको अनुरोध

डिसी नेपाल
११ जेठ २०७८ ८:१०
84
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियण्न्त्रणका लागि अग्रस्थानमा रहेर काम गर्ने कर्मचारीलाई ६ महिनासम्म प्रोत्साहन भक्ता दिने भएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी विवरण संकलन गर्न सबै अस्पतालहरुलाई परिपत्र समेत गरेको छ।

मन्त्रालयको विवरण शाखद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स संचालन, शव व्यवस्थापनमा प्रत्यक्षरुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइकर्मी र सुरक्षाकर्मीको विवरण व्यवस्थि तगर्ने र प्रमाणित अभिलेखका आधारमा निजहरुलाई ६ महिनासम्म सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने।’

यो निर्णय मन्त्री परिषदको बैठकबाट बैशाख १९ गते पारित भए पनि अहिले विवरण संकलनको कार्य सुरुवाति भएको छ। मन्त्रालयको विज्ञप्तिमा विवरणमा कर्मचारीको नाम, थर, पद र सम्पर्क नं.का साथै कर्मचारी संकेत नम्बर, कोभिड १९ मा खटिएका कर्मचारीको डिउटी रोस्टर, स्थायी लेखा नम्बर, बैंक खाता र बैशाख महिनाको पे रोल बुझाउनु पर्ने उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *