बहराइनी राजकुमार खलिफा र स्वास्थ्यमन्त्री त्रिपाठीबीच भेटवार्ता

डिसी नेपाल
११ जेठ २०७८ ८:४६
436
Shares

काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले सोमबार स्वास्थ्यमन्त्री  हृदयेश त्रिपाठीलाई भेटेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटमा मन्त्री  त्रिपाठीले राजकुमार खलिफालाई बधाई दिएका थिए।

स्वास्थ्य मन्त्रीले  राजकुमार खलिफाले ल्याएको खोप पनि प्रयोग भइसकेको जानकारी दिएका छन्।

डिसी नेपालसँग कुरा गर्दै राजकुमार खलिफाले भने, ‘स्वास्थ्य मन्त्रीसँग भेटघाट भयो। उहाँले बधाई दिनु भयो र हामीले ल्याएको खोप पनि अप्रुभ भएर प्रयोग भइसकेको जानकारी दिनुभयो।’

सगरमाथाको उचाईँ बढेपछि सगरमाथाको चुचुरोमा पुग्ने राजकुमारको टोली दोश्रो बन्न सफल भएको छ। सगरमाथा आरोहणका लागि राजकुमार खलिफासिहतको टोली चैत २ गते नेपाल आइपुगेको थियो। उनी १६ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन्।

राजकुमार खलिफाको टोली ७९ दिने भ्रमणका लागि नेपाल आएको थियो। यसअघि सन् २०२० अक्टोबरमा सो टोलीले लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्व आरोहण गरेको थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *