धुलिखेल नगरपालिका जेठ २२ गतेसम्म सिल
सांकेतिक तस्वीर
काठमाडौं। धुलिखेल नगरपालिका जेठ २२ गते राति १२ बजेसम्म लागु हुने गरी सिल गरिएको छ। आज एक सूचना जारी गर्दैै नगर प्रमुख अशोक कुमार ब्याञ्जुले सिल जेठ २२ गतेसम्म कायम रहने जानकारी दिए।
सूचनामा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय काभ्रेको जेठ ११ गतेको आदेश अनुसार धुलिखेल नगरपालिकाको सम्पूर्ण क्षेत्रलाई जेठ २२ गतेसम्म हुने गरी सिल गरिएको छ।’
यसअघि गरिएको निर्णय अनुसार आज राति १२ बजेसम्म लागु हुने गरी पालिका सिल गरिएको थियो। कोरोनाको महामारीलाई नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयलाई आधार मानेर नगरपालिका सिलको समय थप गरिएको नगर प्रमुख ब्याञ्जुले जानकारी दिए।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment