‘बुद्धले दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ’

डिसी नेपाल
१२ जेठ २०७८ १६:०५
20
Shares

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भगवान् बुद्धले दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् । बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक अमनचयन, एकता, दिगो शान्ति, स्थायित्व र ‘समृद्व नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न बुद्ध जयन्तीले थप प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

“विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान तथा महापरिनिर्वाण प्राप्त भएको दिन वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा उल्लेख छ ।

दरबारको सुखसयल त्यागेर मानिसको दुःखको कारण खोज्न निस्किएका सिद्धार्थ गौतमले बोधगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभएपश्चात् उनि गौतम बुद्धको नामले चिनिएका हुन् । विश्व शान्ति, अहिंसा र मानवताको भावना विकास गर्न बुद्धले दिएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको सन्देशमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री पौडेलले कोरोना महामारीका कारण यस वर्ष खुलेर बुद्ध जयन्ती मनाउन सकिने अवस्था नरहेकाले स्वास्थ्य सावधानीका उपाय अपनाउँदै घर परिवारमै सीमित भई मनाउन अनुरोधसमेत गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *