देशभर १ लाख १७ हजार बढी सक्रिय संक्रमित, ५० जिल्लामा ५ सय भन्दा बढी

डिसी नेपाल
१२ जेठ २०७८ १७:५५

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ जना रहेको छ । जसमध्ये २७ हजार ७३२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

हाल देशभरका ५० जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ । प्रदेश नं. १ मा झापा, मोरङ, सुनसरी र धनकुटा प्रदेश नं. २ मा सप्तरी, सिराहा, सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा र रौतहट, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ, म्याग्दी, स्याङ्जा, पर्वत र लमजुङ लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशमा सल्यान, दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, ढडेलधुरा, कञ्चनपुर, बैतडी, डोटी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार १३ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश नं. १ मा इलाम, ताप्लेजुङ, खोटाङ, उदयपुर, ओखलढुंगा र संखुवासभा र वाग्मती प्रदेशमा रसुवा जिल्ला रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा बाग्लुङ, , लुम्बिनी प्रदेशमा रोल्पा र कर्णाली प्रदेशमा जाजरकोट, कालिकोट र रुकुम (पश्चिम) तथा सुदूरपश्चिम प्रदेशमा दार्चुलामा पनि २०० भन्दा बढी संक्रमित रहेका छन् ।

नेपालमा पीसीआर गरिएकोमा संक्रमणदर १७.९८ प्रतिशत रहेको छ । मृत्युदर १.६ प्रतिशत रहेको छ । जम्मा मृत्यु प्रति दशलाखमा (पोजेटिभमा) २३४.९ रहेको छ ।यस्तै, नेपालमा संक्रमितमध्ये पुरुष ६१.२४ प्रतिशत रहेका छन् भने महिला ३८.७६ प्रतिशत रहेका छन् ।

बुधबार नेपालमा ६ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १९ हजार ३० पीसीआर र ३२२ एन्टीजेन परिक्षण गर्दा क्रमशः ६ हजार ६७७ र ३७ जना गरी ६ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १४५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ८४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना निको भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *