कोरोना सङ्क्रमितको सहयोगमा जुटे पाल्पाली युवा

डिसी नेपाल
१२ जेठ २०७८ १८:३१
88
Shares

तानसेन । पाल्पामा कोरोना सङ्क्रमितको सेवामा युवा खटिएका छन् । अस्पतालमा बसेका बिरामीलाई खानाको व्यवस्थापन, बिरामीलाई अस्पतालसम्म पु¥याउनेदेखि विभिन्न कार्यमा यतिबेला यस क्षेत्रका युवा व्यस्त छन् ।

तानसेन नगरपालिका–११ का यादवसिं कार्कीले कोभिड–१९ का सङ्क्रमितलाई आफ्नै सवारीसाधनमा राखेर अस्पतालसम्म पु¥याउने काम गर्दै आएका छन् । पाल्पा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष, मदिरा व्यवसायी सङ्घका अध्यक्षसमेत रहेका कार्की पाल्पा गुल्मी तथा आसपासका कोरोना सङ्क्रमितलाई अस्पतालसम्म पु¥याउने कार्यमा सक्रिय छन् । देशका विभिन्न ठाउँमा सङ्क्रमितले एम्बुलेन्सलगायत सवारीसाधन नपाएको गुनासो गरेको खबर सुनेपछि मानवीय सेवा भावले बिरामीलाई सेवा दिएको कार्की बताउँछन् ।

यातायात सुविधा नपाएर अलपत्र पर्न तथा ज्यानैसमेत जाने खतरा बढेकाले पिपिई तथा मास्क लगाएर उनि आफ्नै निजी सवारीसाधनमा बिरामी बोक्दै आएका छन् । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास, युनाइटेड मिसन अस्पताल तथा बुटवलका विभिन्न अस्पतालसम्म बिरामी पु¥याउँदै फर्कने गरेको कार्कीको भनाइ छ ।

गाउँमा कोरोना सङ्क्रमित नागरिकलाई परिवार र समाजले गरेको व्यवहारलाई आफूले नियाँल्ने अवसरसमेत मिलेकामा जोड दिँदै कार्कीले समाज र परिवारमा कोरोना लाग्ने डरले झ्यालढोका थुनेर बसेका कारण पनि कतिपयमा अक्सिजन कमी भएको उल्लेख गरे । कोरोना रोगसँगै मानिसको चेतना विकास गर्नसमेत आवश्यक रहेको कार्कीको अनुभव छ ।

बगनासकाली गाउँपालिकाका टोपबहादुर न्यौपाने कोरोना महामारीको जोखिम परिस्थितिमा आफ्नै सवारीसाधनमार्फत बिरामीलाई अस्पतालसम्म लैजाने कार्यमा खटिएका छन् । वडा नं ५ का वडा सदस्यसमेत रहनुभएका न्यौपाने बिरामी ओसार्ने मात्र नभई गाउँका दीर्घरोगीलाई औषधि ल्याइदिने समेत काम गर्छन् ।

कोरोना सङ्क्रमण फैलिने डरले अस्पतालसम्म पुगेर औषधिसमेत ल्याउन नसकेका दीर्घरोगीलाई उनीहरुले खाँदै आएको औषधिका आधारमा मिसन अस्पताल तथा लुम्बिनी मेडिकल कलेजबाट औषधिसमेत ल्याइदिने गरेको न्यौपाने बताउँछन् ।

पूर्वी पाल्पाको रामपुरका युवा मिलेर बिरामी, बिरामी कुरुवा तथा स्वास्थ्यकर्मीलाई खानाको व्यवस्थापन मिलाएका छन् । बिरामीलाई खानाको प्रबन्ध गर्दा कोरोना सङ्क्रमण फैलिने डरले होटेल व्यवसायीले खाना खुवाउन नमानेपछि रामपुर युवा क्लबका युवाले अस्पतालको आइसोलेशनमा रहेका बिरामी, कुरुवा, उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कर्मचारीलाई खानाको व्यवस्थापन मिलाइएको क्लबका सचिव सुन्दर कँडेलले बताए ।

क्लबका युवाले आफँै खाना तयार गरेर दैनिक साँझबिहान खाना खुवाउने व्यवस्थापन मिलाएका छन् । क्लबले होराइजन डेन्टल क्लिनिकको समन्वयमा खाना पु¥याउने प्रबन्ध गरेको मिलाएको कँडेलको भनाइ छ ।

पाल्पाका सामाजिक स्रोत विकास केन्द्र नेपाल र एक्शन एड नेपालले मिलेर युनाइटेड मिसन अस्पतालको समन्वयमा सङ्क्रमित तथा कुरुवाका निम्ति खानाको जोहो गरिदिएको छ । युनाइटेड मिसन अस्पतालका रहेका बिरामीलाई एक महिनासम्म खानाको व्यवस्था मिलाएको केन्द्रका कार्यकारी निर्देशक चोपलाल गिरीले जानकारी दिए ।

केन्द्रले अस्पतालकै क्यान्टिनमा प्रतिव्यक्ति दिनको ४०० बराबरको खाना व्यवस्थापन मिलाएको जनाएको छ । केन्द्रले रैनादेवी छहराको कोरोना अस्पतालमा पनि खानाको प्रबन्ध एक्शन एड नेपाल र युनाइटेड मिसन गरेको निर्देशक गिरीको भनाइ छ । उनका अनुसार अस्पतालका स्वास्थ्यकर्मीलाई पिपिई सेट, एन्टीजेन परीक्षणका लागि किटसमेत प्रदान गर्ने योजना छ ।

बगनासकालीका सबै वडा तथा रैनादेवी छहरा रिव्दीकोट, माथागढी गाउँपालिका तथा तानसेन नगरपालिकाका केही वडामा स्वास्थ्य सामग्री, विपन्न परिवारलाई स्वास्थ्य पोषण सहयोग गर्नेसमेत योजना रहेको केन्द्रका निर्देशक गिरी बताउँछन् । केहीले खानाको व्यवस्थापन, केही होटेल तथा रेष्टुरेन्टले आइसोलेशन कक्ष निर्माणलगायत सहयोग गरेका छन् । यसरी सहयोग पाउँदा बिरामीको आत्मबल बढेको तथा स्वास्थ्यकर्मीमा समेत उत्साह थपिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *