एनआरएनएद्वारा अन्तर्राष्ट्रिय उडान खुला गर्न आग्रह

डिसी नेपाल
१२ जेठ २०७८ २१:३१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारसँग अन्तर्राष्ट्रिय उडान खुला गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरका कारण सरकारले आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

विभिन्न मुलुकबाट गैरआवासीय नेपालीहरु अत्यावश्यक कामकाजका लागि नेपाल आउन र नेपालबाट विदेश जान नपाएकाहरुलाई समस्या भएका कारण संघले यस्तो आग्रह गरेको हो ।

संघका प्रवक्ता डिबी क्षत्रीद्वारा जारी विज्ञप्तिका अनुसार स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाएर अन्तर्राष्ट्रिय उडानलाई खुल्ला गर्न भनिएको छ ।

पछिल्लो समय नेपालबाट भारतीय लगायत अन्य देशका नागरिकहरुले अन्तर्राष्ट्रिय यात्राका लागि सुविधा पाएको र नेपालीहरु भने समस्यामा परेको गुनासो सुनिएकोले यात्रामा नेपाली नागरिकलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध संघले विज्ञप्तीमार्फत गरेको छ ।

यसैगरी, विदेशबाट नेपाल फर्कँदा नेपाली दूताबासहरूबाट अनुमति लिनुपर्नेलगायत विषयमा विद्यमान झन्झटिला प्रावधानलाई हटाई यात्रा सहजीकरण गरिदिन पनि संघले सरकारसँग अनुरोध गरेको छ ।

यात्रासम्बन्धि सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड, नेपालमा पूरा गर्नुपर्ने क्वारेन्टिनको अवधिलगायत अन्य प्रोटोकल कडाइका साथ पालना गर्न पनि संघले सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *