भ्याक्सिनेट चाँडाे गर्ने उत्तम विकल्प हुन सक्छ फरक कम्पनीको खोप, के छ अवस्था र सम्भावना?

उपेन्द्र शाही
१३ जेठ २०७८ ११:२८

काठमाडौं। कोरोना भाइरस विरुद्धको भ्याक्सिन महामारीविरुद्ध लड्ने एकमात्रै अस्त्र बनिरहेको छ। पूरै विश्वको ध्यान यतिखेर छिटो भन्दा छिटो जनतालाई भ्याक्सिन लगाएर सुरक्षित गर्नेतिर छ। तर, भ्याक्सिनको उत्पादन र आपूर्ति प्रयाप्त मात्रामा नहुँदा यसको विश्वव्यापी अभाव देखिएको छ।

खोप कार्यक्रममा सबैभन्दा राम्रो प्रगति गरेका पाँच देशहरुमा क्रमश यूएइ, इजरायल, अरुबा, बहराइन, बेलायत र अमेरिका छन्। त्यी देशहरुमा ४० प्रतिशत भन्दा धेरै जनसंख्याले दोस्रो मात्राको खोप लगाइसकेका छन्।

हालसम्म १६२ देशमा भ्याक्सिजन कार्यक्रम सञ्चालन भएको छ। यसमा पनि ठूलो अन्तर छ। धेरै देशमा एकदम थोरै र कुनै देशमा मात्रै राम्रो प्रगति भएको छ। करिब ८ अर्ब जनसंख्या भएको विश्वमा अहिलेसम्म १ अर्ब ७४ करोड डोज खोप वितरण भएको छ। यो कूल जनसंख्याको करिव २३ प्रतिशत हो। यसमा पनि धेरै मानिसहरुले दोस्रो मात्राको खोप पाउन सकेका छैनन्।

केही विज्ञहरुले भने मिश्रित डोज खोपका लागि अनुमति दिन ढिलो गर्न नहुने कुरामा जोड दिइरहेका छन्। फरक डोजको खोप दिएमा खोप कार्यक्रम छिटो हुने र विश्वव्यापी समस्याको रुपमा रहेको वितरणमा सहजता आउने उनीहरुको तर्क छ। यस्तै केही वैज्ञानिकहरुले भने मिश्रित खोपको मात्रा प्रयोग गरेमा त्यो कोरोनाबिरूद्ध सुरक्षाको लागि अझ धेरै प्रभावकारी हुने धारणा समेत राखिरहेका छन्।

भारतबाट १० लाख डोज अनुदानमा १० लाख डोज खरिद र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार डोज, र चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसिल्ड नामक खोप ८ लाख गरी कुल ३२ लाख लाख ४८ हजार डोज खोप नेपाल आएको छ।

विशेषगरी दोस्रो डोजको आपूर्ति श्रृंखला र अभावको समस्याले विश्वव्यापी भ्याक्सिन कार्यक्रममा ढिलाई भइरहेको भन्दै हाल अन्वेषकहरूले मिश्रित खोपबारेको अन्बेषणलाई तीव्र पारीरहेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने दुई वटा फरक कम्पनीका खोप लगाउने बारेमा गाइडलाइन बनाएको छैन। र दुइ वटा कम्पनीको खोप लगाउन सुझाएको पनि छैन। नसुझाइएको कारण खोपले हानि पु-याएका प्रमाण भएर होइन कि त्यसबारे तथ्याङ्कको कमीका कारणले हो।

इजरायल, ब्रिटेन, अमेरीका लगाएतका विभिन्न देशहरुले कोरोना विरुद्धको लडाईमा सफलता हात पार्दै गएका छन। त्यी देशहरुमा पनि मानिसहरुले फरक फरक कम्पनीका दुइ डोज खोप लगाएका छन्।

नेपालमा के छ खोपको अवस्था र सम्भावना ?

खोप उत्पादन गर्ने देशहरुमा नै खोपको अभाव छ। किन्नको लागि पनि विश्वमा खोप पाइएको छैन। अरु देशले दिए पछि खोप लगाउँला भन्ने नेपाल जस्ता देशहरुले सबै मात्रामो खोप कसरी एउटै कम्पनीको पाउन सक्छन्? यस्तो अवस्थामा कोरोना भाइरसका फरक फरक कम्पनीको खोपको प्रयोग एक उत्तम विकल्प हुन सक्छ।

कोरोना भाइरसको संक्रमणको चपेटामा फसेको नेपालको अहिलेको प्रमुख आवश्यक्ता र समाधान हो, कोरोना विरुद्धको खोप। छिमेकी मुलुक भारतलगाएतका विभिन्न देशहरुले यतिखेर धमाधम खोप कार्यक्रम सञ्चालन गरिरहेका छन्।

खोप कार्यक्रम सम्पन्न भएका ठाउँमा जनजीवन सामान्य तिर फर्किन थालेको छ। युरोपका विभिन्न देशहले त खोप लगाएका मानिसहरुलाई अहिले फुटबल खेल हेर्न मैदानमा प्रवेश दिन समेत सुरु गरि सकेका छन्।

नेपालमा भने कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। यस्तो अवस्थामा खोपको आवश्यक्ता झन बढेर गएको छ। तर, खोप नपाएका कारण खोप कार्यक्रम भने प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १४ लाख मानिसहरुलाई दोस्रो डोज कहिले पाउने भन्ने अझै अत्तो पत्तो छैन।

तीन करोड बढी जनसंख्या भएको देशमा अहिलेसम्म ५ लाख ५३ हजारले दोस्रो डोजको खोप लगाएका छन्। यो भनेको कूल जनसंख्याको करिब दुइ प्रतिशत मात्रै हो।

विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले कोभिसिल्डको हकमा पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने गाइडलाइन तोकेको छ। तर, गत फागुन २३ गते पछाडि दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका करिब १४ लाख भन्दा बढी नागरिकलाई दोस्रो डोज खोप कहिले लगाउने पत्तो छैन। उनीहरु खोपको दोस्रो डोज लगाउन नपाउँदा अन्य समस्या देखिन्छ कि भन्ने चिन्तामा छन।

नेपालले हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप अनुदान र खरिदबाट प्राप्त गरेको स्वास्थ्य मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य सेवा विभागले जनाएको छ। भारतबाट १० लाख डोज अनुदानमा १० लाख डोज खरिद र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार डोज, र चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसिल्ड नामक खोप ८ लाख गरी कुल ३२ लाख लाख ४८ हजार डोज खोप नेपाल आएको छ।

यद्यपि बुधबार मात्रै चीन सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। र, केही दिनअघि कोभ्याक्स कार्यक्रम अन्तर्गतको १० लाख मात्रा खोप दिने बारेमा बेलायतको सदनमा पनि छलफल भएको थियो। यसले केही मात्रामा भए पनि खोपको उपलब्ध हुने आशाको किरण जगाएको छ।

नेपाल सरकार तथा प्रराष्ट्र मन्त्रालयले खोपको  सन्दर्भमा विषेगरी चीन, बेलायत, रुस, अमेरिका, भारत लगाएतका देशहरुसँग कुटनीतिक पहल गरीरहेको बताएको छ।

दोस्रो डोज फरक कम्पनीको लगाउन मिल्छ ? डाक्टरहरुको सल्लाहा यस्तो छ

अहिले जनमानसमा चासो र चिन्ताको विषय बनेको छ, के एउटा कम्पनीको खोप लगाएकोले अर्को कम्पनीको खोप लगाउन मिल्छ? खासगरी नेपाल जस्तो देशहरुका लागि यो प्रश्न स्वभाविक पनि हो। किनभने नेपालले आफै खोप उत्पादन गर्न सकेको छैन।

खोप उत्पादन गर्ने देशहरुमा नै खोपको अभाव भइरहेको समयमा सबै एउटै कम्पनीको खोप न त किन्न पाउने अवस्था छ न एउटै देशले पुरै खोप सहयोग दिन नै सम्भव छ।

नेपालमा भने कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। यस्तो अवस्थामा खोपको आवश्यक्ता झन बढेर गएको छ। तर, खोप नपाएका कारण खोप कार्यक्रम भने प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १४ लाख मानिसहरुलाई दोस्रो डोज कहिले पाउने भन्ने अझै अत्तो पत्तो छैन।

नेपालमा यो विषय गौण रहे पनि विभिन्न मुलुकहरुमा यससम्बन्धी प्रयोग र टा«यल भएका छन। र केही मुलुकहरुले प्रयोग पनि गरेका छन। तर, यससम्बन्धी विश्व स्वास्थ्य संगठनले मान्यता भने दिएको छैन।

दोस्रो डोज फरक कम्पनीको लगाउँदा खोप कार्यक्रम प्रभावकारी हुने भए पनि यो अनुसन्धान कै विषय रहेको र विभिन्न देशहरुमा अन्वेषण चली रहेको बताउँछन सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन।

उनले भने,  ‘दुइटै फरक फरक कम्पनीको खोप लगाउन रिकमेन्डेसन अहिले गरी सकेको अवस्था छैन। किनभने अनुसन्धानको नतिजा पनि आइसकेको छैन र रिकमेन्डेसन नगरीएका कारण प्रयोगमा ल्याइएको छैन।’

‘तर, अनुमति दिइएको छैन् भन्दै गर्दा विभिन्न देशहरुमा यो चलिरहेको छ। किनभने एउटै कम्पनीको उपलब्धता सम्पूण देशहरुमा हुँदैन। र त्यो सम्भव पनि छैन। अहिले खोपको लागि अरु देशको भर पर्नु पर्ने र त्यो पनि कुर्दा कुर्दा कहिले आउने हो त्यसको पत्तो नहुने अवस्था छ।

अमेरिका र युरोप तिर केही मात्रामा प्रयोग भएको छ। र त्यसको प्रभावकारीता राम्रो देखिएको बताइएको छ। आशा गरौँ अब चाँडै राम्रो नतिजा आउने छ। आयो भने नेपाललाई मात्रै नभएर धेरै देशहरुलाई फाइदा हुन्छ।’

लगाउँदा हानी नभए पनि एउटै कम्पनीको लगाउँदा हुने फाइदाको तुलनामा फरक फरक कम्पनीको खोप लगाउँदा कम प्रभावकारी हुन सक्ने बताउँछन अर्का संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी।

‘एउटा डोज लगाए पछि भाइरसको त्यो शरिरमा भएको तत्वसँग प्रतिरोधात्मक क्षमताको जम्काभेट हुन्छ। दोस्रो पटक पनि त्यही तत्वसँग जम्काभेट हुँदाखेरी त्यो पहिलेको जम्काभेटको स्मरण गराउँदै त्यसले भाइरससँग लड्ने एण्टिबडि धेरै मात्रामा विकसित गर्न सक्छ।’

उनले भने ‘यदि तपाईले दोस्रो डोजमा फरक खोप लगाउनु भयो भने चाहिँ त्यहि कम्पोनेन्ट भन्दा फरक तत्व रगतमा जान्छ। भाइरसको जुन पहिलेको तत्व वृद्धि भएको हुन्छ, त्यो वृद्धि भएको तत्वले काम नगर्ने हुन सक्छ। एउटै डोज लगाउँदा जुन मात्रामा एण्टिबडी विकसीत हुन्छ त्यो चाँहि हुँदैन। त्यसैले एउटै कम्पनीको खोप लगाउँदा बढी प्रभावकारी हुन्छ।’

पश्चिमा देशहरुमा छुट्टै कम्पनीका फरक डोजका खोप लगाएर ट्रायल भएको बताउँदै उनले त्यहाँ प्रभावकारीता भने बढी देखिएको कुरा विभिन्न रिपोर्टहरुले देखाएको बताए।

डा. सुवेदीका अनुसार त्यी देशहरुमा खासगरी अस्टाजेनिका र फाइजरको खोप मिश्रित गरेर लगाएकोमा प्रभावकारीता राम्रो देखिएको छ। तर, त्यसमा फाइजर भनेको प्रतिपादन भएका खोपमा सबैभन्दा राम्रो छ र त्यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि विकास गर्न एकदमै राम्रो काम गर्छ।

तर, दोस्रो डोज फाइजर लगाउँदा खेरी देखिएको प्रभावकारीताकै आधारमा भेरोसिल्डलाई दोस्रो डोज लगाउँदा प्रभावकारी हुने सम्भावना एकदमै थोरै देखिएको उनको भनाइ छ। खोप उपलब्ध हुने आशाका किरण देखिएको बताउँदै उनले अहिले हतार गरेर दोस्रो डोज भेरोसिल्ड नलगाउन सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *