तीब्र गतिमा रेल दौडिँदा ‘भूकम्प’जस्तै जमिन थर्किएपछि रेलवे स्टेशनको भवन ध्वस्त

डिसी नेपाल
१३ जेठ २०७८ १२:१२

काठमाडौं। तीब्र गतिमा ट्रेन दौडिँदा ट्रेनले जमिन यसरी थर्कायो कि त्यहाँ भूकम्पजस्तै अवस्था आयो र त्यो कम्पनले छेउमा रहेको रेलवे स्टेशनको भवन भत्किएर ध्वस्त भयो । ट्रेन दौडिँदै गर्दा त्यो भवन थर्किइरहेको थियो र केही बेरमै उक्त भवन भत्किएर ढल्यो । भाग्यवक भवन भत्किँदा कोही मानिस भने भग्नावशेषमा दबिएनन् । घटना भारतको मध्य प्रदेशको वुरहानपुर जिल्लाको भएको नवभारत टाइम्सले जनाएको छ ।

समाचार अनुसार दिल्लीबाट मुम्बइ जोड्ने रेलवे लाइनमा चाँदनी रेलवे स्टेशन नामको एउटा सानो रेलवे स्टेशन छ । यहाँ छोटो दूरीका ट्रेनहरु रोकिन्छन् तर धेरैजसो लामो दूरीका ट्रेनहरु रोकिँदैनन् । बुधबार बेलुकी यो स्टेशन हुँदै पुष्पक एक्सप्रेस दौडियो । त्यतिबेला ट्रेनको गति करिब ११० किलोमिटर प्रतिघण्टा थियो । ट्रेन छेउबाट दौडिन थालेपछि रेलवे स्टेशनको भवनमा कम्पन सुरु भयो ।

त्यतिबेला ट्रेनलाई हरियो झण्डा देखाउनको लागि रेलकर्मी प्रदीप कुमार बाहिर निस्किएका थिए । यही कारण उनी दुर्घटनाको शिकार हुनबाट बचे । कम्पनको केही बेरमै भवन धराशायी भएर ढल्यो । घटनाको समयमा स्टेशनमा यात्री थिएनन् र रेलवेका कर्मचारी पनि निकै कम थिए । त्यसैले कोही मानिस दुर्घटनामा परेनन् ।

समाचारअनुसार यो स्टेशन मुम्बइ दिल्ली लाइनमा छ त्यसैले यहाँबाट पूरै दिन हाइस्पिड ट्रेन दौडिइरहन्छन् । दुर्घटनापछि करिब २ घण्टासम्म ट्रेनहरुलाई आउटरमा रोकेर राखिएको थियो । त्यसपछि यहाँबाट ट्रेनको गति कम गरेर चलाउन थालियो । भवन ढलेपछि यो भवनको
निर्माणका विषयमा प्रश्न उठेको छ । यो भवन १७ वर्ष पहिले बनाइएको बताइएको छ । भवनमा पिलर नभएका कारण भवनले कम्पन सहन नसकेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *