धरानको प्रहरी विटमा युवा समूहको आक्रमण

डिसी नेपाल
१३ जेठ २०७८ २२:१६

काठमाडौं। सुनसरीको धरानस्थित एक प्रहरी विटमा विहीबार स्थानीय युवाहरुको एक समूहले आक्रमण गरेको छ। धरान १५ बाझगरस्थित प्रहरी विटमा युवाहरुको एक समूहले आक्रमण गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाका अनुसार दुई पक्षवीचको झगडा छुट्याउन खोज्दा अस्थायी प्रहरी चौकीका प्रमुख सुमन दाहाल घाइते भएका छन्। दाहाललाई अहिले वीपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानमा उपचारको लागि लगिएको छ।

प्रहरीले आक्रमणकारीको पहिचान गरिसकेको डीएसपी कार्कीले जानकारी दिए। उनका अनुसार शुरुमा दुईजना युवक आफूमाथि आक्रमण भएको भन्दै प्रहरी बिट पुगेका थिए। त्यसपछि ती युृवकहरुलाई लखेट्दै ७, ८ जना युवाहरुको समूह आएको थियो। सो समूहले पहिला प्रहरी बिट पुगेका युवकमाथि कुटपिट गरेको र प्रहरीले छुट्याउन लाग्दा सो समूहले प्रहरीमाथि पनि कुटपिट गरेको हो।

आक्रमण गर्ने युवाहरुको खोजी भइरहेको डीएसपी कार्कीले जानकारी दिए। उनले भने, ‘थारै प्रहरी भएको बिट हो, युवाहरुको एक समूह आयो कुटपिट गरेर भागे।’ उनले आक्रमण गर्ने युवाहरुको पृष्ठभूमि कुनै अपराधिक भने नभएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *