एनआरएनए न्युजिल्याण्डले शनिवार सगरमाथा दिवस मनाउने

डिसी नेपाल
१४ जेठ २०७८ १८:१०

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) न्युजिल्याण्डले सगरमाथा आरोहणको स्मृतिमा ‘एभरेष्ट डे २०२१’ मनाउने भएको छ । ६८ वर्ष अघि सर एड्मण्ड हिलारी र तेन्जिङ शेर्पाले पहिलो पटक सगरमाथामा पाइला टेकेको दिन मे २९ मा एनआरएनए न्युजिल्याण्डले सगरमाथा दिवस मनाउने भएको हो ।

न्युजिल्याण्डका हिलारी र नेपालका शेर्पाले संयुक्त रुपमा २९ मे १९५३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । यही दिनको स्मृतिमा एनआरएनए न्युजिल्याण्डले अकल्याण्डमा विशेष कार्यक्रम गरेर सगरमाथा दिवस मनाउन लागेको संघका अध्यक्ष लाल केसीले बताए ।

अध्यक्ष केसीका अनुसार माउन्ट रसकिलमा मध्यान्ह १२ बजेबाट सुरु हुने सोे कार्यक्रममा न्युजिल्याण्ड सरकारका प्रतिनिधिहरु, एड्मण्ड हिलारीकी श्रीमती जुनु हिलारी, छोरा पिटर हिलारी, सगरमाथा आरोहीहरु मार्क एङ्गल्स, आङ काजी शेर्पा, एनआरएनएका पूर्व अध्यक्ष शेष घले, उपाध्यक्ष मन केसी, ओसीनिया रिजनल कोअर्डिनेटर होम पाण्डेलगायतको उपस्थिति रहने छ ।

नेपाली दूतावास क्यानबेरा, न्युजिल्याण्डस्थित नेपाली महाबाणिज्यदूतको कार्यालयहरु, हिमालयन ट्रस्ट र न्युजिल्याण्डमा रहेका नेपाली समुदायिक संस्थाहरु र क्लबहरुको आयोजनामा सो कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक राज महर्जनले जनाए ।

त्यस्तै, न्युजिल्याण्डमा सरकारको तर्फबाट आगामी ९ जुनमा संसद भवनमा एभरेष्ट डे कार्यक्रम आयोजना हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *