कविता :खै कस्तो गणतन्त्र?

डिसी नेपाल
१५ जेठ २०७८ ८:१३

रगत र पसिना सँग
लतपत भएको इतिहास,
कहिले राणातन्त्र
कहिले राजतन्त्र।।

कहिले लड्ने,कहिले उठ्ने प्रजातन्त्र
कहिले पञ्चायतको चलखेल,
कहिले आफ्नै मतलबको लागि जालझेल
अनि फेरि रगतको होली।।

जगलको त्यो कुर्ध लडाइँ
हजारौं नेपालीको बलिदान।
कतिका सिन्दुर पुछियो
कतिका इज्जत लुटियो।।

कतिलाई जगलम कुटियो
कतिका सम्पति लुटियो।
अनि आयो गणतन्त्र
सबैको आशा पलायो।।

सबैलाई लाग्याे अब शान्ति आयो
तर,
गणतन्त्र ठीक हो
सासक स्वार्थी बन्यो
आफ्नो पुरानो संघर्ष बिर्सियो।

आफैंलाई आज सर्वोपरि ठान्दै
राजा महाराजको इतिहास।
कायम गर्न खोज्दै
आफ्नो मर्जीमा शासनको परिभाषा कोर्दै
आफैले ल्याएको कानुन कुल्चँदै।।

जगालको सेर जस्तै सबैलाई डराउँदै
न तन्त्रको आस्था न कुनै भरोसा,
आफ्नैले आफ्नैको गलाकाट्ने अवस्था
गणतंत्रका अधिकारी सडकमा रुँदै।।

गणतान्त्रिक शासनका पालक
महलमा घुम्दै
खै !कस्तो गणतान्त्र आयो आफैमा अल्जियो
चतुर खेलाडीको चक्र बीउमा गणतन्त्र बल्जियो
न आयो तंत्र न आयो विकास मन्त्र।।

आयो त केबल नेताको खेल तंत्र
न देशको अबस्था फेरियो।
न त जनताको जीवन स्थर उन्नती भयो
खै के आयो , आयो गणतन्त्र आयो

नेताले कुर्ची पायो
जनतालाई अब त नेता पल्दा, पाल्दा
आफ्नै जिन्दगी हराय जस्तो लाग्यो।।

नारायण कोइराला
तानसेन पाल्पा
हाल,यूएई




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *