म कसरी दिउँ शुभकामना !

डिसी नेपाल
१५ जेठ २०७८ ९:०६
92
Shares

हिजो,
थापा माइला
आफ्नो हक अधिकारका लागि
बन्दुक बोकेर जंगल गएका थिए
गाउँ फर्केनन्।

उनको चिहानमाथी
समानताको विउँ छरिएन
छरियो,
जातीयतको बिउँ,
पर निर्भरताको बिउँ,
दलालीको बिउँ।

आखिर थापा माइलाको
चिहान माथि टेकेर सत्ताको राजनीति
स्वार्थको राजनीति,
सपनीमा आउँदै माइला भन्छन्,
धनि गरिबबीचको खाडक किन पुरिएन
किन मेरी आमाको निद्रामा चैन छैन।

आज पनि किन कुर्चिका लागि राजनीति हुन्छ
राजा हटाएको देशमा
मेरा लालाबालो राजा नै ठीक थिए भन्ने शब्द किन प्रयोग गर्दैछन्
मेरो सपना पुरा किन भएन।

सहिदको सपना पुरा गर्न नसक्ने गणतन्त्र
लासहरुको सिडी बनाएर सत्तामा पु-याउने गणतन्त्र
अझै भनौं जनताको आशुमा राजनीति गर्ने गणतन्त्रको
म कसरी दिउँ शुभकामना !

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *