साथीहरुसँग खिचिएको फोटोमा देखिएको अनुहार भूत हो ? फोटो देखेपछि त्रसित छिन् महिला

डिसी नेपाल
१५ जेठ २०७८ ११:४७

काठमाडौं। भूतको कथामा धेरै कम मानिसहरु विश्वास गर्छन् । तर, इङल्याण्डको कोभेन्ट्री सहरमा जे भयो त्यो निकै आश्चर्यजनक छ । यहाँ उक महिलाले साथीहरुसँग सामूहिक फोटो खिचिन् । यो समूहमा ७ महिलाहरु थिए तर जब फोटोमा आठौं अनुहार देखियो त्यसपछि महिलाको सातोपुत्लो उड्यो । कोभेन्ट्री सहरकी ३० वर्षीया महिला रेबेका ग्लासब्रोले सामाजिक संजालमा फोटो अपलोड गर्दै यो फोटो देखेपछि आफ्नो होस हराएको बताएकी छिन् ।

उनका अनुसार उनको दिमागमा अहिले यही आठौं अनुहार घुमिरहन्छ र उनले अझैसम्म बुझ्न सकिरहेकी छैनन् कि यो के हो ? फोटो खिच्दा आठौं आकृति देखिएपछि उनीहरु निकै डराएका थिए तर पछाडि फर्केर हेर्दा त्यहाँ केही थिएन । फोटोमा भने आठौं महिलाको आकृति देखिएको छ जसको टाउकोमा लामो कपाल देखिएको छ । जुन फ्ल्याटमा यो फोटो खिचिएको थियो त्योभन्दा माथिल्लो फ्ल्याटमा बस्ने महिलाका अनुसार यो आठौं आकृति निकै डरलाग्दो थियो ।

वृद्धाका अनुसार यहाँ यो फ्ल्याटको बाथरुममा नुहाउँदै गर्दा कसैको मृत्यु भएको हल्ला पनि गरिन्छ । रेबेकालाई पनि आफू बस्ने घरमा भूत भएको विश्वास लाग्न थालेको छ । रेबेकाले सामाजि कसंजालमा सेयर गरेको फोटोमा धेरै कमेन्टहरु आइरहेका छन् र मानिसहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । मानिसहल्े यसको बारेमा विभिन्न धारणा बनाएको भए पनि धेरैले यसलाई अनौठो भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *