सांसद विकास कोष खारेज
काठमाडौं। निकै विवादित हुँदै आएको सांसद विकास कोष सरकारले खारेज गरेको छ। शनिबार सार्वजनिक आगामी वर्षको बजेटमार्फत सो कोष खारेज गरिएको हो। अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष खारेज गरिएको जानकारी दिए।
हुन त प्रतिनिधिसभा नरहेकाले सरकारलाई यो कोष खारेज गर्न सहज भएको हो। यसअघि पटक पटक यो कोष खारेज गर्न सुझाव दिइए पनि सांसदहरुको दबाबका कारण यो कोषलाई निरन्तरता दिइने गरिएको थियो।
सांसद विकास कोषको रकम नेताहरुले आफ्ना कार्यकर्तालाई पोस्न खर्च गरेको भन्दै यो कार्यक्रमको निकै आलोचना हुँदै आएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment