साझा विवेकशील पार्टीको प्रतिक्रियाः बजेट फोकसहीन
काठमाडौं। शनिबार सरकारले अध्यादेशमार्फत आगामी वर्षको सार्वजनिक गरेको छ। शनिबार अर्थमन्त्री विष्णु पौडेल अध्यादेशमार्फत पूर्ण बजेट सार्वजनिक गरे। सरकारले बजेट सार्वजनिक गरेपछि दलहरुको प्रतिक्रिया आउनेक्रम शुरु भएको छ।
साझा विवेकशील पार्टीले बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिएको छ। सो पार्टीका अध्यक्ष रविन्द्र मिश्रले यो बजेटलाई फोकशहीन भनेका छन्। ट्वीटरमा उनले लेखेका छन्, ‘बजेट लोकप्रियतावादी, वितरणमुखी, फोकसहीन, अत्यधिक ऋणभारयुक्त छ। भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धीबिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचारहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।’
बजेट लोकप्रियतावादी, वितरणमुखी, ‘फोकस-हीन’, अत्यधिक ऋणभारयुक्त छ। भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धीबिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचारहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।
— Rabindra Mishra (@RabindraMishra) May 29, 2021
No ads found for this position


डिसी नेपाल
Facebook Comment