यी हुन् प्रधानमन्त्री ओलीको गृह जिल्लामा बजेट विनियाेजन गरिएका कार्यक्रम
काठमाडौं। शनिबार अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैर्दा सबैभन्दा धेरै पटक सुनिएको जिल्लाको नाम हो झापा। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापालाई निकै प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको आगामी वर्षको बजेटले देखाएको छ। झापामा पनि प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र रहेको दमक अझ प्राथमिकतामा देखिएको छ।
बजेटमा झापामामात्र र झापासहित अन्य जिल्ला समेटिएका ९ वटा कार्यक्रमहरु सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ। सार्वजनिक पदाधिकारीलाई आवधिकरूपमा प्रशिक्षण प्रदान गरी निरन्तर सिकाइ कार्यक्रम प्रवर्दन गर्न झापाको चन्द्रगढीमा उच्चस्तरीय प्रशिक्षण प्रतिष्ठान बनाउने, दमकमा बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने, दमकमै अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला र दमकमै बहुतले बसपार्कसहितको सिटी पार्क निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ। यस्तै दमकमै दुई वर्षभित्र औद्योगिक क्षेत्र बनाउन पनि बजेट व्यवस्था गरिएको छ।
यस्तै झापाको चन्द्रडाँगीमा कृषि फार्मलाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउन बजेट विनियोजन गरिएको छ। झापाको भद्रपुर नदी कटान सुरक्षा कार्यक्रम पनि सञ्चालन गरिने छ।
तराई मधेस सिँचाइ कार्यक्रमले पनि झापालाई समेटेको छ। नदी पथान्तरण आयोजना झापासहित तराइका जिल्लामा सञ्चालन गरिँदै छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment