विश्वमा कोरोना : संक्रमित भन्दा निको हुनेको संख्या धेरै

डिसी नेपाल
१७ जेठ २०७८ ६:३३

काठमाडौं । पछिल्ला केही दिन यता विश्वमा कोरोना संक्रमित हुनेको भन्दा निको हुनेको संख्यामा बृद्धि भएको पाइन्छ। नेपाल र भारतमा दोश्रो लहर चलिरहेका बेला दैनिक कोरोना संक्रमितको संख्यामा अत्याधिक वृद्धि भएको थियो।

नेपाल र भारतमा चलिरहेको दोश्रो लहरमा संक्रमित हुनेको संख्या घट्दै जान थालेपछि अन्य देशहरुबाट पनि संक्रमितको संख्यामा अनपेक्षित बृद्धि भएको पाइदैन। गत २४ घण्टामा विश्वभरमा ३ लाख ९२ हजार १ सय ७९ जना कोरोनाका संक्रमित थपिए भने निको हुनेको संख्या ५ लाख ३७ हजार ४ सय २५ रहेको छ।

गत २४ घण्टामा निको हुनेको संख्या सबैभन्दा बढी भारतमा रहेको छ। भारतमा २ लाख ३७ हजार ७ सय ९ जना निको भए भने १ लाख ५३ हजार ४ सय ८५जना कोरोनाका संक्रमितहरु थपिएका छन्। भारतमा करिव ३ दिनदेखि लगातार संक्रमित हुनेको संख्या घटेको छ भने निको हुनेको संख्या बढेको छ।

भारतपछि ब्राजिलमा सबैभन्दा बढीले कोरोना संक्रमण जितेका छन्। वितेको २४ घण्टामा ब्राजिलमा ४३ हजार ४८ जनाले कोरोनाको संक्रमण जितेर घर फर्किएका छन्। विश्वभरीमा निको हुनेको संख्यामा दोश्रो स्थानमा रहे पनि ब्राजिलमा कोरोना संक्रमित थपिने क्रम निको हुने भन्दा बढी छ। गएको २४ घण्टामा पनि ब्राजिलमा ४३ हजार ५ सय २० जना कोरोनाका संक्रमित थपिएका छन्।

अर्जेन्टिनामा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या झण्डै १० हजारले बढी छ भने कोलोम्बियामा ८ हजारले कमी रहेको छ। अर्जेन्टिनामा करिव २१ हजार संक्रमित थपिए भने ३१ हजार निको भएका छन्। यस्तै कोलोम्बियामा २० हजार संक्रमित थपिए भने १२ हजार मात्र निको भएका छन्।

वितेका २४ घण्टामा भारतमा सबै भन्दा बढी ३ हजारले ज्यान गुमाएका छन्। कोरोनाका कारण हालसम्म विश्वभरमा ३५ लाख ५६ हजार ३ सय २८ जनाको मृत्यु भएको छ।

विश्वभरमा १७ करोड १० लाख १० हजार ४ सय ९७ जना संक्रमित रहेका छन्। जसमध्ये हालसम्म १५ करोड ३२ लाख ८२ हजार ५ सय ८८ जना निको भएका छन्। १ करोड ४१ लाख ७१ हजार ५ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा बढी सक्रिय संक्रमितको संख्या अमेरिकामा रहेको छ। अमेरिकामा हालसम्म ५५ लाख ९२ हजार ५ सय ८द्द जना सक्रिय संक्रमित रहेका छन्। त्यसपछि भारतमा सक्रिय संक्रमितको संख्या धेरै छ। भारतमा अहिलेसम्म २० लाख ३३ हजार ३ सय जना सक्रिय संक्रमित रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *