एनआरएनए अमेरिकाको अध्यक्षमा सुवेदी र बरिष्ठ उपाध्यक्षमा पन्थ विजयी

डिसी नेपाल
१७ जेठ २०७८ १२:२८

वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को आज सम्पन्न निर्वाचनमा बुद्धि सुबेदी अध्यक्षमा विजयी भएका छन्। आफ्ना निकटतम प्रतिष्पर्धी कृष्ण लामिछानेलाई २१८ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन्।

विजयी सुवेदीले ५ हजार ६ सय १८ मत प्राप्त गरे । २० हजार एकसय ३८ मतदाता भएको संघको मे २९ र ३० तारिकमा सम्पन्न निर्वाचनमा १५ हजार ७ सय ६८ मत खसेको थियो।

संघको बरिष्ठ उपाध्यक्षमा कृष्णजीवी पन्थ विजयी भए। उनले आफ्ना प्रतिष्पर्धी बीआर लामालाई १२ सय ८७ मतले पराजित गरे।  पन्थले ६ हजार ८ सय ५० मत प्राप्त गरे भने प्रतिष्पर्धी लामाले ५ हजार ५सय ६३ मत प्राप्त गरेका छन्। विजयी पन्थ पपुलर मत ल्याउनेमध्येका एक हुन्। उनी लामिछाने समूहबाट निर्वाचनमा भाग लिएका थिए।

त्यसैगरी उपाध्यक्ष विजयी हुनेहरुमा सुमन थापा, गोपेन्द्र भट्टराई, विकास उप्रेती र डिलु पराजुली छन्। महासचिववमा अन्जनकुमार चौंलागाईं विजयी भएका छन्। उनले ६ हजार ३ सय १२ मत प्राप्त गरे। महिला उपाध्यक्षमा दीक्षा बस्नेत विजयी भइन्। उनले ८ हजार २ सय ४५ मत प्राप्त गरिन्।

सचिवमा अनुप खनाल विजयी भए भने महिला सचिवमा सुनिता सापकोटा कंडेल, कोषाध्यक्षमा राजीव श्रेष्ठ, संयुक्त कोषाध्यक्षमा अग्निप्रसाद ढकाल, युवा संयोजकमा त्रिभुवन पाण्डे, महिला सयोजकमा सुन्दरी गुरुङले जित हात पारेका छन्।

आफूलाई बरबाद पारेको सुनिताको आरोप
गैरआवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद्को महिला संयोजक पदमा उम्मेद्वार बनेकी भर्जिनिया निवासी सुनिता खत्रीले नव निर्वाचित अध्यक्ष बुद्धि सुवेदी र अघिल्लो कार्यकालका अध्यक्ष केशव पौडेलको नाम नै लेखेर आफूलाई बरबाद पारेको आरोप लगाएकी छिन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफूलाई बरबाद पार्ने बुद्धि सुवेदी र केशब पौडेललाई पनि धन्यवाद दिएकी छिन्। उनले यसको विस्तृत विवरण खुलाएकी छैनन्। सामाजिक सञ्जालमा खत्रीले अमेरिकामा आफू आवद्ध भएका सबै सामाजिक संघ संस्थाबाट आधिकारिकरुपले नै अवकास लिएको कुरा उल्लेख गरेकी छन्। निर्वाचन परिणाम अनुसार, महिला संयोजकमा सुन्दरी गुरुङले जीत हात पारेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *