टार्जन अभिनेता जो लाराको विमान दुर्घटनामा निधन, पत्नी सहित अन्य ५ जना पनि मारिए

डिसी नेपाल
१७ जेठ २०७८ १५:५६

काठमाडौं। १९९० को दशकमा प्रसिद्ध टार्जन सिरिजमा टार्जनको भूमिका निभाएका अभिनेता विलियम जोसेफ लारा अर्थात जो लाराको विमान दुर्घटनामा निधन भएको छ ।

शनिबार भएको यो दुर्घटनामा जोकी पत्नी ग्वेन लारासहित अन्य ५ जनाको पनि निधन भएको छ । दुर्घटनामा लारा दम्पती र अन्य ५ जना गरी कूल ७ जना मारिएको सीएनएनले जनाएको छ । यो विमानमा ७ जना नै सवार थिए जुन विमान नासभिले नजिकै टेनेसे तालमा दुर्घटनाग्रस्त भएको छ ।

रिपोर्टका अनुसार पुलिसले विमानमा सवार यात्रुहरुको शव तालमा खोजी गरिरहेको छ । आइतबार रदरफोर्ड काउन्टी फयर रेस्क्युका क्याप्टेन जोन इंगलले खोजी अभियान जारीरहेको बताए । ताल आसपासको षत्रिमा विमानको अवशेषको अनुसन्धान भइरहेको छ ।

टार्जन स्टार जोको जन्म २ अक्टोबर १९६२ मा भएको थियो । उनले मोडलिङबाट करिअर सुरु गरेका थिए । त्यसपछि उनले टार्जनमा मुख्य भूमिका पाएका थिए । जोले टार्जनसहित अमेरिकर साइबर्ग स्टिल वारियर, स्टिल फ्रन्टियर, वारहेड, ड्रुम्सडेयर, टिभी शो बेवाच र कोनान द एडभेन्चरमा काम गरेका थिए । पछिल्लो पटक उनलाई २०१८ मा रिलिज भएको फिल्म समर अफ ६७ मा देखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *