सोच्दै नसोचेको साथको म्यूजिक भिडियोमा पूजा र विजेशको रोमान्स (भिडियो)
काठमाडौं। लाटोकोसेरो फिल्म्सको प्रोडक्सनमा आधुनिक गीत सोच्दै नसोचेको साथको म्यूजिक भिडियो बजारमा आएको छ। म्यूजिक भिडियो लाटोकोसेरो फिल्म्सको युट्युब च्यानलमा सोमबार सार्वजनिक गरिएको हो।
‘सोच्दै नसोचेको साथ’ बोलको गीतमा विजेश पौडेलको आवाज रहेको छ भने सञ्जीत श्रेष्ठको संगीत रहेको छ।गीतका शब्द पनि सञ्जीत श्रेष्ठकै हुन्।
विजेश पौडेलको समधुर स्वर रहेको गीतको म्यूजिक भिडियोमा उनी स्वयमले अभिनय गरेका छन्। म्युजिक भिडियोमा पौडेल र पूजा धामीको दमदार अभिनय रहेको छ। म्यूजिक भिडियो राजेश इशानले निर्देशन गरेका हुन् भने छायाँकन सञ्जीत श्रेष्ठको रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment