जसपाका नेताले सार्वजनिक गरे, ‘उठू मधेशी जागू मधेशी…’

डिसी नेपाल
१८ जेठ २०७८ ११:१३

काठमाडौं । जनता समाजवादी पार्टीका नेता केशव झाको स्वर तथा संगीत रहेको गीत सार्वजनिक भएको छ।

‘उठ्नुस् मधेसी, जाग्नुस् मधेशी’ बोलको गीतमा आफ्नो पहिचान स्थापना गर्नको लागि नअल्मलिन अनुरोध गरिएको छ। आफ्नो स्वाभिमान बचाउनका लागि मौका चिन्नु पर्ने पनि गीतमा भनिएको छ।

यदि अहिलेको मौका नचिनेको अवस्थामा सारा अधिकार गुम्ने गीतमा भनिएको छ। नेपाली राजनीति विवादास्पद भइरहेका बेला जसपा पनि फुटको संघारमा छ। फुटको संघारमा उभिएको जसपाका नेतालाई भनेझै गरी गीतमा भनिएको छ, ‘आफै आफै नलड्नुुस् नत्र सबै संघर्ष बेकार हुने छ। शहिदको बलिदान बेकार हुने छ।’

शासकहरुको जालझेल कायम रहेको भन्दै गीतमा भनिएको छ, ‘हामी मिलेर बसेनौं भने हामीलाई अलमल्याएर आफ्नो स्वार्थपूर्ति हुँदै छ। गरिँदै छ।’

शब्द संगीत र स्वर दिएका झाले डिसी नेपाललाई प्रतिक्रिया दिँदै अहिलेको परिस्थितिलाई राहात प्राप्त होला भनेर गीत बजारमा ल्याएको बताएका छन्।

राइजिङ मिडिया नेटवर्क प्रा.लि.को आधिकारिक यूट्यूव च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गरिएको गीत राम्रो हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *