विश्वमा कोरोना : २४ घण्टामा संक्रमित, मृत्यु र निको हुनेमा भारतपछि ब्राजिल

डिसी नेपाल
१९ जेठ २०७८ ७:२३

काठमाडौं । गत २४ घण्टामा भारतमा १ लाख ३३ हजार २ सय २८ जना कोरोनाका संक्रमित थपिएका छन्। ३ हजार २ सय ५ जनाले कोरोनाका कारण ज्यान गुमाए भने २ लाख ३१ हजार ४ सय ८८ जना निको भएर घर फर्किएका छन्।

भारतपछि ब्राजिलमा गत २४ घण्टामा ७७ हजार ८ सय ९८ जना कोरोनाका संक्रमित थपिएका छन्। २ हजार ३ सय ४६ जनाले कोरोनाका कारण ज्यान गुमाए भने १ लाख ३ हजार ५ सय १५ जना निको भएर घर फर्केका छन्।

विश्वमा सबैभन्दा बढी कोरोनाका संक्रमित हुने देश संयुक्त राज्य अमेरिका हो। अमेरिकामा अहिलेसम्म ३ करोड ४१ लाख ३६ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ लाख १० हजार ४ सय ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने पछिल्लो समय संक्रमित थपिने संख्या न्यून छ।

अमेरिकामा दैनिक ५ लाखको दरले कोरोना संक्रमित थपिएका थिए। त्यो संख्या अहिले आएर १२ हजारमा झरेको छ। पहिलेको संक्रमितको संख्यालाई आधार मान्नेहो भने यो संख्या न्यून हो। हालसम्म अमेरिकामा ५५ लाख ८५ हजार ४ सय ७७ जना सक्रिय संक्रमित रहेका छन्।

भारतमा पनि कोरोना संक्रमित हुनेको संख्या अमेरिकाकै लयमा गएको छ। हालसम्म भारतमा २ करोड ८३ लाख ६ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ लाख ३५ हजार १ सय १४ जनाले ज्यान गुमाएका छन् भने १८ लाख सक्रिय संक्रमित रहेका छन्।

यस्तै कोरोना संक्रमण धेरैमा नभए पनि ब्राजिलमा मृत्यु हुनेको संख्या भने अमेरिकापछि रहेको छ। हालसम्म ब्राजिलमा ४ लाख ६५ हजार ३ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। १ करोड ६६ लाख २५ हजार संक्रमित रहेको ब्राजिलमा १० लाख ९२ हजर बढी सक्रिय संक्रमित रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *