अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा स्पेस जंक ठोक्कियो, रोबोटिक आर्म क्षतिग्रस्त

डिसी नेपाल
१९ जेठ २०७८ १५:३९

काठमाडौं। अन्तरिक्षमा घुमिरहेको फोहर अर्थात स्पेस जंकको एक टुक्रा अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा ठोक्किएको छ । यसले स्पेस स्टेशनको रोबोटिक आर्म षतिग्रस्त भएको अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासा र क्यानेडियन स्पेस एजेन्सीले जनाएका छन् । रोबोटिक आर्मको सुरक्षात्मक थर्मल कभरमा क्षति भएको देखिएको छ । यद्यपि ६० फिट लामो रोबोटिक आर्मले काम भने गरिरहेको क्यानेडियन स्पेस एजेन्सीका अधिकारीहरुले पुष्टि गरेका छन् ।

यो ठक्करले पछिल्लो समय बढिरहेको स्पेस जंकको खतरालाई देखाएको छ । अन्तरिक्षमा पृथ्वी वरिपरी विभिन्न टुक्राहरु घुमिरहेका छन् । विभिन्न देशले अन्तरिक्षमा पठाएका भू उपग्रह, रकेट लगायतका उपकरणहरु बिग्रिएपछि तिनीहरुका टुक्रा अन्तरिक्षमा घुमिरहेका छन् जुन टुक्राहरु अन्तरिक्ष स्टेशनसहित त्यहाँ काम गरिरहेका अन्य भू उपग्रहसँग ठोक्किने जोखिम बढिरहेको छ किनकि विसिभन्न देशहरुले अन्तरिक्ष मिसनहरु अघि बढाइरहेका छन् र अन्तरिक्षमा यस्तो फोहरको मात्र पनि बढिरहेको छ ।

मानव समाज पछिल्लो समय संचार, जीपीएस र अन्य दैनिक क्रियाकलापको लागि भू उपग्रह प्रणालीमा निर्भर हुँदै जाँदा यो जोखिम बढिरहेको विज्ञले बताएका छन् । अहिले स्पेस स्टेशनको रोबोटिक आर्मसँग ठोक्किएको वस्तु के हो भन्ने प्रस्ट छैन । क्यान्डआर्म भनिने यो भागका त्यो वस्तु कहिले ठोक्कियो भन्ने पनि प्रस्ट छैन र यसको जाँच भइरहेको छ । एजेन्सीका अनुसार क्यान्टआर्मको सानो क्षेत्रमा षति भएको छ र त्यो प्वाल करिब ०.२ इन्च गहिरो छ ।

‘यो असरपछि पनि यो आर्मको काम प्रभावित नभएको अहिले भइरहेका विश्लेषणले देखाएका छन्’ क्यानेडियन स्पेस एजेन्सीले एक वक्तव्यमा भनेको छ । अमेरिकाको रक्षा विभागले अन्तरिक्षमा घुमिरहेका करिब २७ हजार टुक्राहरु ट्रयाक गर्छ । यीमध्ये २३ हजारभन्दा धेरै टुक्राहरु सफ्टबलभन्दा ठूला छन् । यी टुक्राहरु पृथ्वीको कक्षमा १८ हजार माइल प्रतिघण्टाको गतिमा घुमिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *