लडाकु विमान उडाउन खोज्दा दुवै पाइलट सिटबाट उछिट्टिए, ह्याङ्गरमा ठोक्किएर दुवैको मृत्यु

डिसी नेपाल
१९ जेठ २०७८ १६:०९

काठमाडौं। लडाकू विमान उडाउन खोज्दा अचानक विमानको इजेक्टर सिट एक्टिभेट भएपछि भएको दुर्घटनामा इरानका दुई सैनिक पाइलटको मृत्यु भएको छ । इजेक्टर एक्टिभेट भएपछि उनीहरु दुवै सिटबाट बाहिर उछिट्टिए र उनीहरुको बाहिर ह्याङ्गरमा ठोक्किएर मृत्यु भयो । मंगलबार विमान उडाउन खोज्दा दुर्घटना भएको हो । इरानको सरकारी टेलिभिजन आइआरआइबीले एफ–५ लडाकु विमानमा प्रविधिक समस्या आएर भएको दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको भनेको छ ।

पाइलटहरु कियानुस बसाती र हुसैन नामी भएको समाचारमा जनाइएको छ तर उनीहरुको दर्जा खुलाइएको छैन । रिपोर्टका अनुसार दुर्घटना देजफुल वाहदाती एयरफोर्स बेसमा भएको हो जुन ठाउँ राजधानी तेहरानबाट २७० माइल टाढा इराकको सीमानजिकै पर्छ । बीबीसी पर्सियनका अनुसार विमान उडाउने क्रममा गल्तीवश इजेक्टर सिट एक्टिभेट भएका थिए । अगाडि र पछाडिको दुवै ककपिटको इजेक्टर एक्टिभेट भएपछि पाइलटहरु एयरपोर्टको ह्याङगरमा ठोक्किएका थिए । सामाजिक संजाल प्रयोगकर्ताहरुले बसाती सेनाका कर्णेल रहेको र नामी लेफ्टिनेन्ट रहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *