अमेरिकी बैज्ञानिकहरुले शुक्र ग्रहमा फेरि यान पठाउने

डिसी नेपाल
२० जेठ २०७८ ३:३३

वासिंगटन डिसी। अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले फेरि शुक्र ग्रह(भेनस) को अध्ययन शुरु गरेको छ।  नासाले बुधबार शुक्र ग्रहको अध्ययनका लागि दुईवटा मानवविहीन रोवोटिक अन्तरिक्ष यान पठाउने घोषणा गरेको हो।

नासाद्वारा  जारी सूचनाअनुसार दाभिन्ची प्लस र भेरिटास नाम गरेका अन्तरिक्ष यानहरु शुक्र ग्रहको अध्ययनका लागि जानेछन्। दाभिन्ची प्लसले शुक्र ग्रहको सतह र बादलको अध्ययन गर्ने छ भने भेरिटासले शुक्र ग्रहका विभिन्न भागहरुको तस्वीर खिच्ने छ।

अमेरिकी बैज्ञानिकहरुले ३० बर्षपछि फेरि शुक्र ग्रहको अध्ययन शुरु गर्न लागेको हुन्। यसअघिको अनुसन्धान त्यत्तिको उपलब्धीमुलक नहुँदा नासाले आफ्नो ध्यान अरु ग्रहहरुको अध्ययनमा बढी केन्द्रीत गरेको हो

त्यसैले शुक्र ग्रहको अध्ययन मिसनमा अहिले पठाउन लागिएका दुई यान ३० वर्षयताको पहिलो मिसन र बैज्ञानिक अध्ययनकै इतिहासमा दोस्रो मिसनको रुपमा लिइएको छ। यसअघि एकपटक मात्र शुक्र ग्रहमा नासाले मिसन पठाएको थियो।

नयाँ मिसनको उदेश्य शुक्र ग्रहको वातावरणको अध्ययन गर्दै सो स्थानमा शुक्ष्म जीवहरु भए नभएको अध्ययन गर्ने रहेको छ। पृथ्वीबाट टेलिस्कोपको माध्यमले अध्ययन गर्दा शुक्र ग्रहको वातावरणमा अति सुक्ष्म जीवहरु रहेको पत्ता लगाएपछि नासाका बैज्ञानिकहरुले यसलाई अझ प्रमाणित गर्न नयाँ मिसनको अवधारणा अघि सारेका हुन्।

शुक्र ग्रह आकार प्रकार र अरु केही विशेषताहरुले पृथ्वीजस्तै भए पनि तापक्रमका हिसाबले पनि फरक छ । शुक्र ग्रहमा अत्याधिक मात्रामा कार्वनडाइ अक्साइड रहेको र ९सय डिग्री फरेनहाइट तापक्रम रहेको विश्वास गरिएको छ । यसपटकको नासाको मिसनले शुक्र ग्रहका विविध पक्षको सफल अध्ययन गर्ने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *