बलात्कार गर्न खोज्ने मालिकलाई महिलाले दिइन् निकै भयानक र डरलाग्दो सजाय

डिसी नेपाल
२० जेठ २०७८ १२:३०

काठमाडौं। स्पेनमा एक बारमा काम गर्ने वेट्रेस महिलाले आफूलाई बलात्कार गर्न खोज्ने मालिकलाई निकै भयानक र डरलाग्दो सजाय दिएकी छिन् । स्पेनको बार्सिलोना सहरमा रहेको बारमा मालिकले उनलाई बलात्कार गर्न खोजेपछि महिलाले मालिकको गुप्तांग नै काटिदिएकी हुन् । महिलालाई सोमबार पक्राउ गरिएको ला सेक्सटालाई उद्धृत गर्दै न्यूजविकले जनाएको छ

सोमबार करिब मध्यराततिर आफू आफ्नो सिफ्टमा काम गरिरहेको बेला मालिकले आफ्नो यौन शोषण गर्न खोजेपछि आफूले चक्कु समातेर उनको गुप्तांग काटिदिएको महिलाले बताएकी छिन् । घटनापछि ती महिलाले नै सुरक्षा अधिकारीहरु र आकस्मिक सेवालाई खबर गरेकी थिइन् । सूचनापछि आएका अधिकारीहरुले ती पुरुषलाई अस्पताल लगेका थिए । उनलाई आकस्मिक शल्यक्रिया गरेर गुप्तांग पुनः जोड्नको लागि बेल्भित्गे युनिभर्सिटी अस्पताल लगिएको थियो ।

ला सेक्सटाको समाचार अनुसार महिलाले आफूले यो कार्य आफ्नो आत्मरक्षामा गरेको बताएकी छिन् र सोमबार राती ती पुरुषले आफूमाथि गरेको यौनजन्य दुर्व्यवहार पहिलो पटक नभएको पनि बताएकी छिन् । उनका अनुसार ती मालिकले आफूलाई यसअघि पनि पटक पटक आफूसँग शारीरिक सम्बन्ध राख्न दबाब दिएको बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *