मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

डिसी नेपाल
२२ जेठ २०७८ १८:००

मोरङ । मोरङको सुन्दरहरैचामा मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका ४ बलिया डेरा गरी बस्ने मदन कुमार चौधरीको प्र-१-०५-००१ प-००६१ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न ७ जनालाई चोरी भएको मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.१३ बस्ने २८ वर्षीय राजेश मेहता, वडा नं. २० बस्ने ३८ वर्षीय कोप बलराम गुरूङ, वडा नं. २ बस्ने ३९ वर्षीय भवेस भन्ने सुवास लिम्बु, वडा नं. ३ बस्ने ३० वर्षीय मचिन राई, वडा नं. ४ बस्ने २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियार रहेका छन् ।

जेठ १२ गते राति उक्त मोटरसाईकल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले राजेश मेहताको घरबाट उक्त मोटरसाइकल फेला पारी मोटरसाईकल सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ६ जनालाई उनीहरूको घरबाटै पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *