पाँच विपक्षी दलले भनेः ओलीबाट एकपछि अर्को राष्ट्रघात भयो

डिसी नेपाल
२२ जेठ २०७८ २०:३५
660
Shares

काठमाडौं। प्रमुख पाँच विपक्षी दलहरुले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट एकपछि अर्को राष्ट्रघाति काम भएको बताएका छन्।

शनिबार सँयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट एकातर्फ असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरि संविधान मिच्ने कार्य भएको छ भने अर्कोतर्फ एकपछि अर्को राष्ट्रघाति र जनघाति कामकारवाई गरिएका छन्।’

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले शनिबार सँयुक्त वक्तव्य जारी गर्दै सरकारकोे गैरजिम्मेवार र जनविरोधी कार्यहरुको भत्र्सना गरेका छन्।

उनीहरुले कोभिड–१९ संक्रमण, रोकथाम नियन्त्रण र उपचारमा जिम्मेवार बन्न तथा लामो निषेधाज्ञाका कारण दैनिक रोजीरोटी गुमाउन पुगेका गरीब, असहाय र श्रमजीवी जनताका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्नका लागि समेत माग गरेका छन्।

काम चलाउ बन्न पुगेका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको स्थितिमा मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गरि संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको उनीहरुको ठहर छ। उनीहरुले मन्त्रिपरिषद विस्तारको निन्दासमेत गरेका छन्।

उनीहरुले राज्य प्रणालीलाई नै अस्तव्यस्त तुल्याइरहेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारद्वारा संसदको अवमूल्यन गर्दै अध्यादेशमार्फत बजेट ल्याइनुका साथै ढुंगा, बालुवा र गिटीको निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्नदिने घोषणा गरिएको भन्दै विरोध जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *