पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने खनाल–नेपाल समूहको निर्णय

डिसी नेपाल
२३ जेठ २०७८ ६:३५
56
Shares

काठमाडाै। नेपाल कम्युनिष्ट पार्टी(एमाले)का पूर्वनेता खनाल–नेपाल समूहले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ। शनिबार भर्चुअल माध्यमबाट बसेको उक्त समूहको बैठकले एकताका लागि वार्ता र संवादलाई विभिन्न कोणबाट अगाडि बढाउने निर्णय गरेको हो।

बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी एकताका लागि इमान्दारीपूर्ण प्रयत्न नभएको आरोपसमेत लगाएको एक सदस्यले जनाएका छन्।

बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने सरकारको निर्णय तथा चुरेका ढुंगा, गिट्टी र बालुवा निकासी गरिने विषयप्रति आपत्ति जनाउँदै कोरोना संक्रमितको उपचारमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले राष्ट्रियताका सन्दर्भमा नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै सोबारे प्रधानमन्त्रीको धारणासमेत माग गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *