स्वास्थ्यकर्मीमाथि हुने कुटपिटलाई नियन्त्रण गर्न ल्याइएको अध्यादेशमा के छ (पूर्णपाठ)

डिसी नेपाल
२३ जेठ २०७८ १९:२२

काठमाडौं। अस्पतालमा उपचाररत विरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तथा अस्पतालहरुमा तोडफोड गर्ने घटना बढेपछि त्यसलाई कारबाहीको दायरामा ल्याउन सरकारले अध्यादेशमार्फत कानुन ल्याएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेसँगै नेपाल राजपत्रमा प्रकाशित भएर लागुसमेत भएको छ।

यो अध्यादेशले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ। यस्तै स्वास्थय संस्थामा आन्दोलन गर्नेमाथि पनि कारबाही हुने भएको छ। अध्यादेशले स्वास्थ्य संस्था घेराउ गरे एक वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ।

कोरोना संक्रमितको उपचारका लागि खटिएका नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएलगत्तै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको हो। भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएपछि उनका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए। नर्सहरुले दुई तलमाथिबाट हामफालेर ज्यान जोगाएका थिए। सो घटनाको सवत्र विरोध भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *