विश्वमा कोरोना : संक्रमित संख्याको ४६ प्रतिशत तीन देशमा

डिसी नेपाल
२४ जेठ २०७८ ७:०३

काठमाडौं । विश्वमा भएका कोरोना संक्रमितको करिव ४६ प्रतिशत संख्या तीन वटा देशमा रहेको छ। अमेरिका भारत र ब्राजिलमा गरी ८ करोड ६७ लाख २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वमा हालसम्म १७ करोड ४० लाख ३७ हजार ७ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ९० प्रतिशत बढी निको भएका छन् भने २ प्रतिशतले कोरोनाका कारण ज्यान गुमाएका छन्।

संक्रमितको ९० प्रतिशत निको भएका हुन्। हालसम्म १५ करोड ७० लाख ४२ हजार १ सय ९६ जनाले कोरोनाको संक्रमण जितेका छन्। कोरोनाबाट ३७ लाख ४३ हजार ६ सय २९ जनाले ज्यान गुमाएका छन्। यो संक्रमितको २ प्रतिशत हुन आउँछ।

संक्रमित मध्येको ठूलो हिस्सा अमेरिकाले उठाएको छ। अमेरिकामा हालसम्म ३ करोड ४२ लाख १० हजार ५ सय ७१ जना कोरोनाबाट संक्रमित भएका छन्। यस्तै भारतमा २ करोड ८९ लाख ९ हजार ६ सय ४ जना संक्रमित भए भने ब्राजिलमा १ करोड ६९ लाख ४७ हजार ६२ जनामा कोरोना संक्रमण पुष्टि भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *