सुरेन्द्र पाण्डेकाे घरमा चार नेताको छलफल : ओलीको घोषणा सकारात्मक रहेको निष्कर्ष
काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पुरानै अवस्थामा फर्काउने घोषणा गरेपछि माधव नेपाल समूहमा फरक फरक धारणा सार्वजनिक भएका छन्। यद्यपी सो समूहको स्थायी कमिटी बैठकले आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ।
यसैबीच माधव नेपाल समूहका चार जना युवा नेताहरुको सोमबार विहान बसेको अनौपचारिक बैठकले भने पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने अध्यक्ष ओलीको घोषणालाई सकारात्मक रुपमा लिने निर्णय गरेको छ।
सोमबार विहान नेता सुरेन्द्र पाण्डेले नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए। उक्त छलफलमा पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने अध्यक्ष ओलीको घोषणालाई सकारात्मक रुपमा लिँदै पार्टी एमालेभित्रै बसेर अन्तसंघर्ष गर्नुपर्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ।
हाम्रो मुख्य माग भनेको पार्टीलाई पूर्ववत अवस्थमा फर्काउने नै हो। उक्त माग पूरा गर्न अध्यक्ष तयार भएपछि अब एकता गरेरै जानुपर्छ भन्ने निष्कर्ष निकाल्यौं.। ब केही विवाद भएपनि पार्टीभित्रै बसेर अन्तर संघर्ष गरौं भन्नेमा हामी एकमत भएका छौं।
‘हाम्रो मुख्य माग भनेको पार्टीलाई पूर्ववत अवस्थमा फर्काउने नै हो। उक्त माग पूरा गर्न अध्यक्ष तयार भएपछि अब एकता गरेरै जानुपर्छ भन्ने निष्कर्ष निकाल्यौं,’ बैठकमा सहाभागी स्रोतले भन्यो, ‘अब केही विवाद भएपनि पार्टीभित्रै बसेर अन्तर संघर्ष गरौं भन्नेमा हामी एकमत भएका छौं।’
माधव नेपालले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाउनु पूर्व चार जना नेताको बैठक बसेको हो। बैठकमा नेता घनश्याम भुसालले भने ओलीको अहिलेको घोषणालाई तत्काली विश्वास गरिहाल्ने र भन्दै प्रश्न गरेका थिए।
भुसालले ओलीले बारम्बार धोका दिएको भन्दै अहिलेको घोषणालाई पनि तत्काल विश्वास गर्दा फेरि धोका हुने हो कि भन्ने आशंका जनाएका थिए। तर अन्य नेताहरुले आफूहरुको माग सम्वोधन गर्न तयार भएपनि अब फेरि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको जनाएपछि भुसाल ओलीको घोषणाप्रति सकारात्मक बनेका थिए।
माधव नेपाल समूहका सबै जना ओलीलाई नेता मानेर पार्टी एकता गर्ने पक्षमा नरहेको थाहा पाएपछि सो समूहका चार जना युवा नेताहरुको छुट्टै बैठक बसेको हो। उक्त बैठकले पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने ओलीको घोषणालाई सकारात्मक रुपमा लिँदै एमालेमै बस्ने निष्कर्ष निकालेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment