पर्यटकका लागि निःशुल्क भिसाको कार्यान्वयन पक्षमा चुनौती

फुर्पा शेर्पा
२४ जेठ २०७८ १५:५०

काठमाडौं। पर्यटन व्यवसायीहरुले कोरोनाको महामारीबाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्र परेको प्रतिक्रिया दिँदै आएका छन्। उनीहरुले आगामी आर्थिक वर्षको बजेट सोचे जस्तो नभए पनि केही योजनाहरु भने राम्रो भएको बताएका छन्।

उनीहरुले बजेटमा विदेशी पर्यटकका लागि एक महिनाको भिसा निःशुल्क र कर छुट गर्ने योजना राम्रो भए पनि कार्यान्वयन पक्षमा चुनौती रहने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताए।

बजेट राम्रो आए पनि व्यवसायीले राहत पाउन सक्नुपर्ने वातावरण बने मात्र बजेट सफल भएको मान्न सकिने उनको तर्क थियो। साथै, उनले कार्यान्वयन पक्षमा भने शंका व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा कोरोना माहामारीले नेपालमा ठूलो धक्का पर्याे, करिब १५ महिनादेखि पर्यटन गतिविधिहरु ठप्प छन्। यस सिजनमा पदयात्रा, पर्वतारोहणमा केही मात्रामा पर्यटकहरु नेपाल आए, जसले गर्दा केही पर्यटन मजदुरहरुलाई काम गर्ने अवस्था सिर्जना भयो। पदयात्रा र पर्वतारोहणमा जाने व्यक्तिले रोजगारी पाए।

तर, पर्यटक क्षेत्रका होटल, ट्रयाभल्, ट्रेकिङ्, राफ्टिङदेखि गाउँ घरमा भएको होटल लगायतलाई ठूलो असर पर्यो। सरकरले अबको आर्थिक वर्ष पर्यटन क्षेत्रको पुनःउत्थान र विकासका लागि भनेर २७ अर्ब ४७ करोड बजेट विनियोजन गरेको छ। जसकम सानादेखि ठूला सबै पर्यटन व्यवसायीहरु र मजदुरहरुलाई समेट्ने गरी बजेट वस्तुनिष्ठ कार्यन्वयन हुनु पर्नेमा व्यवसायीले जोड दिएका छन् ।

‘श्रमिक र व्यवसायीहरुको जीवन उकास्नका लागि यो बजेटले सहयोग गर्नुपर्छ,’ अध्यक्ष सुवेदीले भने, ‘हामीले सरकारलाई अनुरोध गर्ने छौं, कम्तीमा पनि ट्याक्स् क्लिरन्स्मा २५ लाखसम्मको बिना धितो ऋण दिनुपर्यो । सबै श्रमिक साथीहरुलाई पाँच लाखको ऋण दिनु पर्ने ट्रकिङ् कम्पनीले सिफारीस गरेको आधारमा यस क्षेत्रमा काम गर्ने मजदुरलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।’

कार्यान्वयन भएमा मात्र बजेटको स्वागत गर्न सकिने बताउँदै उनले यस आर्थिक वर्षमा घोषण गरिएका कार्यक्रम पनि धेरै मात्रामा कार्यन्वयन हुन नसकेको बताए । चालु आर्थिक वर्षको बजेटले व्यवसायीलाई उत्साहित बनाए पनि कार्यान्वयन नहुँदा निराश बन्नु परेको उनको भनाइ छ ।

उनका अनुसार सम्पूर्ण पर्यटन व्यावसायीमध्ये करिब १७ प्रतिशत जति पर्यटन क्षेत्रबाट विस्थापित भइसकेका छन् । उनले भने, ‘भोलिका दिनमा सुनौलो र फरक दिन हेर्नका लागि कालो दिनको कट् गर्नु पर्यो, अहिले कालो दिन मै छौं हामी । पहिला हामी बाच्नु पर्यो र भ्याट छुट भनेको विदेशी पर्यटक आएपछिको कुरा हो । पहिला त पर्यटक आउने वातावरण चाँहियो, त्यो मात्र नभएर हामी व्यस्त हुन् पर्यो । हामी बाच्नु पर्यो र हाम्रा श्रमिकहरु बाच्नु पर्याे ।’

उनले भने, ‘यस्तो कठिन अवस्थामा कसैको साथ नपाउँदा व्यवसायीहरु पर्यटन क्षेत्र छोडेर अर्को व्यावसायतर्फ लाग्छन् । अहिले पर्यटकहरु आएका छैनन्। पछि पर्यटकहरु आएपछि हाम्रा श्रमिकहरुलाई कहाँबाट ल्याउने ? त्यस समयमा हामीलाई समस्या हुन्छ। त्यसैले सरकारले पर्यटन व्यावसायीहरुलाई बचाउनका लागि ऋणको व्यवस्था मिलाउनु पर्यो। ’

सुवेदीका अनुसार नेपाल अहिले कोरोना माहामारीका कारण रेड जोनमा छ। अब नेपाल सरकारले निःशुल्क वा शुल्क लिएर हुन्छ अथवा कसरी हुन्छ भ्याक्सििन् उपल्ब्ध गराउनु पर्यो।

सरकारले भ्याक्सििन आफ्ना जनतालाई लगाउन सके नेपाल रेड जोनबाट हट्न सक्ने विश्वास रहेको उनले बताए। भ्याक्सििन लगाइसकेपछि विदेशी पर्यटकहरु नेपाल घुम्न आउने सम्भावना धेरै रहने छ।

उनले भने, ‘सरकारले विदेशीलाई सुविधा दिएको भ्याट् छुट वा फ्रि भिसाले काम गर्दैन, हामी विदेशी पर्यटककै भरमा छौं, नेपाल समान्य भएको सन्देश विश्वमा नगएसम्म हाम्रा पर्यटन गतिविधीहरु भोलिका दिनहरुमा कम हुदै जाने छ साथै हाम्रा धेरै व्यावासायीहरु विस्थापित हुने छन्।’

उनले अगाडि भने, ‘सर्वप्रथम त नेपाललाई रेड जोनबाट हटाउनु पर्यो, हामी यहाँ बजेटको कुरा मात्र गर्ने होइन विदेशी पर्यटकलाई सुविधा दिने हो तर आएन भने कसलाई दिने सुविधा ?’

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सरकारले ल्याएको बजेटमा एक महिनाको भिसा निःशुल्क गर्ने योजना राम्रो छ। जसले गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा एउटा राम्रो सन्देश जाने छ, नेपालले विदेशी पर्यटकका लागि भिसा निःशुल्क गरेको छ । जसका कारण नेपालमा विभिन्न देशहरुबाट पर्यटकहरु आउने आशा गर्न सक्छौं ।

कोरोना माहामारीकै समयमा हामी कहाँ सगरमाथाको आरोहण गर्न बहराइनका राजकुमार सहितका टोलीले सफतापूर्वक आरोहण गरेर अन्तर्राष्ट्रियस्तरमा एउटा राम्रो सन्देस पुर्याएका छन्। यस्तै सरकारले घोषणा गरेको भिसा निःशुल्क र कर छुटले विदेशी पर्यटकहरु आउन र पर्यटन व्यवसायीहरुलाई सहयोग पुग्ने आशा रहेको निर्देशक लामिछानेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *