८५ हजार ५४४ सङ्क्रमित आइसोलेनसमा, ४७ जिल्लामा ५ सय बढी

डिसी नेपाल
२४ जेठ २०७८ १८:१६

काठमाडौं । नेपालमा हाल ८५ हजार ५४४ सङ्क्रमित आइसोलेनसमा रहेका छन् । जसमध्ये २० हजार ३२४ जना काठमाडौं उपत्यकामा मात्रै रहेका छन् ।

पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्या ९० भन्दा बढी नै छ ।

पछिल्ला साता लगातार सङ्क्रमणमा कमी आएको भएपनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेको छैन । मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा कोरोनाबाट ९२ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट सात हजार ९९० को ज्यान गएको छ । हाल नेपालमा कोरोना पोजेटिभमध्ये मृत्युदर १.३५ प्रतिशत रहेको छ ।

सङ्क्रमण दरमा केही कमी देखिएको भएपनि अधिकांश सङ्क्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको चिकित्सकहरु बताउँछन् ।

आज १२ हजार २ पीसीआर र ३ हजार ३७० एन्टीजेन गरी कुल १५ हजार ३७२ नमूना परीक्षण गर्दा ४ हजार ४७२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म पाँच लाख ६१ हजार ३०२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये चार लाख ४७ हजार ४४६ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको दर ८४.२ प्रतिशत रहेको छ । आज छ हजार ९ सय ५१ जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ७९० भत्तपुरमा १३५ र ललितपुरमा १९० जना गरी १ हजार ४५६ जना संक्रमित थपिएका हुन् ।

४७ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

देशभरका ४७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ ।

प्रदेश नं. १ मा झापा, मोरङ, सुनसरी र ओखलढुंगा, प्रदेश नं. २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ, लमजुङ र स्याङ्जा, लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, कपिलवस्तु, रोल्पा, गुल्मी र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशमा दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, ढडेलधुरा, कञ्चनपुर, बैतडी, डोटी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार १३ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश नं १ मा ताप्लेजुङ, उदयपुर, खोटाङ, धनकुटा र संखुवासभा तथा वाग्मती प्रदेशमा रसुवा जिल्ला रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा पर्वत र म्याग्दी, लुम्बिनी प्रदेशमा अर्घाखाँची र कर्णाली प्रदेशमा जाजरकोट, कालीकोट र रुकुम (पश्चिम) तथा सुदूरपश्चिम प्रदेशमा दार्चुलामा पनि २०० भन्दा बढी संक्रमित रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *