पाँच लाख मूल्य बराबरको मदिरा बरामद

डिसी नेपाल
२४ जेठ २०७८ २०:१५

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले आज चार लाख ९० हजार मूल्य बराबरको अवैध मदिरा बरामद गरी मूल भन्सार कार्यालय विराटनगर चलान गरेको छ ।

मोरङको जहदा गाउँपालिका वडा नं १ बुधनगरबाट दुई वटा मोटरसाइकलमा वेवारिशे अवस्थामा प्रहरीले सो मदिरा फेला पारेको हो । प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार दिलवाले लेखिएको ३०९ कार्टुन, उमङ्ग लेखिएकोे २७७ कार्टुन र अन्य ब्राण्डको खुल्ला मदिरा एक हजार ९०० बोतल बरामद गरी आवश्यक अनुसन्धान शुरु गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *