मुख्यमन्त्री शाहीलाई विश्वासकाे मत दिने एमाले संसदीय दलकाे निर्णय
फाइल
काठमाडाैं। सुदूरपश्चिम एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने भएको छ।
मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने कार्यक्रम रहेको छ।
प्रदेश सभामा माधव पक्षका १८ सांसद छन् भने ओली पक्षका ७ जना मात्र सांसद् रहेका छन्।
यसैबीच मुख्यमन्त्री भट्टको पक्षमा मत दिनेलाई सांसदबाट हटाउने ओली पक्षले चेतावनी दिएको छ। बहुमतको आधारमा संसदीय दलमा निर्णय गराएर माधव नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment