जर्मन सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

डिसी नेपाल
२५ जेठ २०७८ ११:४२
104
Shares

काठमाडौँ ।  जर्मन सरकारले नेपाललाई कोभिड-१९ विरुद्ध लड्नका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ। ६२ थान भेन्टिलेटर, २७ हजार ५ सय एफपीपीईटु मास्क, ३० हजार सर्जिकल मास्क, १०० थान बुट, २ सय थान बडी ब्याग, ५ थान आइसोलेसन्स टेन्ट र २५ हजार लिटर डिसइफेन्सन लिक्वीड सहयोग गरेको हो।

मंगलबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनका राजदूत रोलान्ड स्काफेरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ्लाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

महामारीको समयमा जर्मन सरकारले स्वास्थ्य सामग्री गरेको मन्त्री तामाङ्ले आभार प्रकट गरेका छन्। नेपाल र जर्मनी नागरिक बिच मैत्रीपूर्ण सम्बन्धर रहेको उनको भनाइ छ । गम्भीर अवस्थामा रहेका संक्रमितको उपचारमा यी स्वास्थ्य सामग्रीले सहयोग गर्ने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *