थप ५ हजार १५३ जनामा संक्रमण, ६ हजार ५७० जना निको

डिसी नेपाल
२५ जेठ २०७८ १७:००

काठमाडौं। गत २४ घण्टामा नेपालमा ५ हजार १५३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ६ हजार ५७० जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षण गर्दा ३ हजार ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ६ सय ११ परीक्षण गर्दा १२ सय ८३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १०८ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ८२ हजार ७३६ जना आइसोलेसनमा रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *