विश्वमा कोरोना : गत २४ घण्टामा साढे ३ लाख संक्रमित थपिए, ५ लाख निको भए

डिसी नेपाल
२६ जेठ २०७८ ६:४९

काठमाडौं। विश्वभरमा गत २४ घण्टामा साढे ३ लाख कोरोनाका संक्रमित थपिएका छन्। ५ लाख निको भए भने करिव १० हजार बढीले ज्यान गुमाएका छन्।

वल्र्डोमिटरका अनुसार, गत २४ घण्टामा ३ लाख ५३ हजार ६ सय १ जना कोरोनाका संक्रमित थपिएका छन्। भने निको हुनेको संख्या ५ लाख ३१ हजार ५ सय ७२ रहेको छ। यस्तै ९ हजार ९सय ८८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

गत २४ घण्टामा सबैभन्दा बढी भारतमा कोरोना संक्रमित थपिए, निको भए र ज्यान गुमाए। भारतमा गत २४ घण्टामा ९१ हजार २ सय २७ संक्रमित थपिए भने १ लाख ५९ हजार ३ सय ९९ जना निको भएर घर फर्केका छन्, २ हजार २ सय १३ जनाले ज्यान गुमाएका छन्।

यस्तै ब्राजिलमा गत २४ घण्टामा ५२ हजार ४ सय ४८ संक्रमित थपिए, ८५ हजार ६ सय ७० संक्रमित निको भएर घर फिता भए भने २ हजार ६ सय ९३ जनाले ज्यान गुमाएका छन्।

अमेरिकामा १२ हजार ७ सय २२ जना संक्रमित थपिएन, ४२ हजार ५१ जना निको भए भने ३ सय ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यस्तै, अर्जेन्टिनामा ३१ हजार संक्रमित थपिए, २५ हजार निको भए भने ७ सय बढीले ज्यान गुमाए।

विश्वभरमा हालसम्म १७ करोड, ४७ लाख, २६ हजार ३ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३७ लाख ६२ हजार ९४ जनाले ज्यान गुमाएका छन् भने, १५ करोड ८४ लाख २५ हजार ८ सय ३२ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन्।

अब सक्रिय संक्रमितको संख्या १ करोड २५ लाख ३८ हजार ४ सय ४० रहेका छन्। यस्तै, ८५ हजार ९ सय ९१ कोरोनाका जटिल केस रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *