पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

डिसी नेपाल
२७ जेठ २०७८ ९:१३

काठमाडाैं । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ।

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए। उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन्। उहाँका दुई छोरा र एक छोरी छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *