बादल पत्नी नैनकला थापा मन्त्री बन्दै
फाइल फाेटाे
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्दै छन्। सात मन्त्री र एक राज्यमन्त्री थप गरेर प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन्।
सात मन्त्रालय आफैंसँग राखेका प्रधानमन्त्री ओलीले ती मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेका हुन्।प्रधानमन्त्री ओलीले पूर्व माओवादीबाट पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनलाई सञ्चारमन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
सर्वोच्च अदालतको आदेशबाट गृहमन्त्री पद गुमाएका बादलले पूर्व माओवादी कोटाबाट पत्नी नैनकला थापालाई मन्त्री बनाउन लागकेका हुन्। थापासँग पूर्व माओवादी कोटाबाट ज्वालाकुमारी साह पनि मन्त्री बन्दैछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment