गण्डकी प्रदेशका सांसद कृष्ण थापा फेरि बर्खास्त
काठमाडाै। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई फेरि बर्खास्त गरेको जनाएको छ। थापालाई सांसद पदबाट बर्खास्त गरिएको पत्र गण्डकी प्रदेको संसद सचिवालयमा दर्ता भएको छ।
पार्टीको निर्देशन उल्लङ्घन गरेका भसांसद थापा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने क्रममा तटस्थ बसेका थिए।
थापालाई पार्टीले सांसद पद र पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको थियो। सर्वोच्च अदालतले ह्विप उलङ्घन गरिएको नदेखिएको भन्दै थापालाई संसद पद थमौती गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment