उदयपुरमा घट्दै कोरोना सङ्क्रमण

डिसी नेपाल
२९ जेठ २०७८ १०:०५
88
Shares

उदयपुर। वैशाखको तेस्रो हप्तादेखि तीव्र रुपमा वृद्धि हुँदै गएको कोरोना सङ्क्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा सुधार हुँदै गएको छ।

स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ । बढी सङ्क्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर ५ सय ३५ बाट सङ्क्रमितहरु घटेर २ सय ९० मा झरेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ।

कटारी नगरपालिकामा १ सय १७ जना पुगेकोमा सङ्क्रमित घटेर ४५ जनामा झरेकोे छ। रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घटेर २९ जना र लिम्चुङबुङ गाउँपालिमा ६४ जनाबाट सङ्क्रमित घटेर हाल २४ जनामा झरेको छ । त्यस्तै अन्य स्थानीय निकायमा पनि कमी आएको छ।

जिल्लाको आठै पालिकामा कोरोना सङ्क्रमणका दर घटेर निको हुनेहरुको सङख्यामा पनि वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख प्रसाद मोहन सुवेदीले बताएका छन्। जिल्लामा हालसम्ममा ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ।

यसैबीच कोरोना सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यलय उदयपुरले जिल्लामा निषेधाज्ञाको समय जेठ २८ बाट बढाएर असार ७ सम्म थपेको छ। थप गरिएको निषेधाज्ञामा बिहानको ७ बजेदेखि दिनको १२ बजे सम्म पसलहरु खोल्न दिइने छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *