वैद्यको अभिव्यक्ति आपराधिक : एमाले
काठमाडाै। बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको नेकपा एमालेले बताएको छ।
प्रवक्ता प्रदीप ज्ञवालील शनिबार जारी गरेकाे विज्ञप्तिमा उक्त अभिव्यक्तिमा फौजदारी कानून आकर्शित हुने जनाउँदै कांग्रेसलाई सचेतसमेत गराइएको छ।
‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ।’ विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ।’
वैद्यले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए।

No ads found for this position


डिसी नेपाल
Facebook Comment