कांग्रेस सांसद वैद्यले माफी मागे
काठमाडौं । प्रधानमन्त्री प्रति आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यले माफी मागेको छन्। शनिबारको बैठक सुरुभएपछि उनले रोष्टममा पुग्दै उनले आफूले गल्ती गरेको र माफि मागेको बताए।
बैद्य नेपाली कांग्रेसबाट निर्वाचित वागमति प्रदेशका सांसद हुन्। उनले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताए।
बैद्यले अभिव्यक्ति स्वतन्त्रताको बढी नै प्रयोग गरेको उनले स्वीकार गरेका छन्। लिखित आत्मालोचना गर्दै बैद्याले आफ्नो भनाइ प्रदेशसभाको रेकर्डबाट हटाउन समेत अनुरोध गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment