‘बाइकट करीना खान’ एक नम्बर ट्रेन्डिङमा !

डिसी नेपाल
२९ जेठ २०७८ १४:५५

काठमाडौं। दर्शकहरु बलिउड अभिनेत्री करीना कपूर खानको विरोधमा उत्रिएका छन् । उनीहरुले ट्वीटरमा ‘बाइकट करीना खान’ ह्याशट्याग प्रयोग गर्दै करीनाको विरोध गर्न थालेका छन् । यो ह्याशट्यागको प्रयोग यति धेरै भएको छ कि यो भारतमा नम्बर १ ट्रेन्डिङमा आएको छ । करीनाको यति धेरै विरोध हुनुको कारण अलौकिक देसाइले बनाउन लागेको फिल्म हो जुन फिल्ममा करीनालाई माता सीताको भूमिका दिने चर्चा छ ।

यो फिल्मको नाम तय भइसकेको छैन । रामायणमा आधारित हुने भनिएको यो फिल्मको लागि करीनाले आफ्नो पारिश्रमिक पनि बढाएको समाचार आएको छ । तर, यो भूमिका करीनाले नै गर्छिन् भन्ने स्पष्ट भइसकेको छैन । करीनाको भूमिका फाइनल हुन बाँकी नै भए पनि सामाजिक संजालमा भने दर्शकहरु आक्रोशित देखिएका छन् । रिीनालाई सीता बनाउन लागेको विरोधमा सामाजिक संजालमा ठूलो संख्यामा ट्रोलहरु आइरहेका छन् ।

सामाजिक संजालमा दर्शकहरुले माता सीताको भूमिकाको लागि पारिश्रमिक बढाएको मन पराइरहेका छैनन् । कैयौं फ्यानले तैमुर अलीकी आमाले पर्दामा सीताको भूमिका गर्न नसक्ने बताएका छन् । करीना पर्दामा सीताको भूमिकाको लागि योग्य नभएको भन्दै कैयौंले विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् । दर्शकले फिल्म निर्माण टिमले करीनालाई सीता बनाएर आफूहरुको भावनामाथि खेलवाड गर्न नसक्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *