कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार
काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आगामी बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले १४औँ महाधिवेशनको पूर्वतयारीका विषयमा निर्णयहरू गर्नेछ । कांग्रेसले यसअघि भदौ ७ देखि १० गतेसम्मका लागि तोकेको महाधिवेशनको मिति भदौ १६ देखि १९ सम्मका लागि सार्ने भएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment