गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
काठमाडाै। एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार ढलेसँगै त्यहाँका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन्।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको भोलिपल्ट आइतबार बिहानै घिमिरेले मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका हुन्।
एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन्। मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment